अपराध
निर्माण व्यवसायी गौली पक्राउ
बुधबार, १६ वैशाख २०८३, १६ : ०७
सारांश
- केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ ।
- गौलीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको आरोप छ ।
- संगठित अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा गौलीमाथि थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।
पक्राउ परेका गौली आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन् । उनलाई बुधबार काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गौलीमाथि संगठित अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको छ ।
उक्त मुद्दामा हालसम्म १० निर्माण व्यवसायीसमेत गरी जम्मा १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण