शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

शेखर कोइराला समूहको भेला आज

बिहीबार, १७ वैशाख २०८३, ०७ : ५१
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज आफ्नो समूहको बागमती प्रदेश स्तरीय भेला बोलाएका छन् ।
  • भेलामा बागमती प्रदेशका विभिन्न तहका नेता तथा पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।
  • यसअघि देउवा पक्षले बोलाएका भेलाहरुमा शेखर समूहका नेताहरु उपस्थित भएका थिएनन् ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् ।  बागमती प्रदेश स्तरीय भेला बोलाएको त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ । 

यसअघि देउवा पक्षले बोलाएका भेलाहरुमा शेखर समूहका नेताहरू उपस्थित भएका थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप