विशेष महाधिवेशनपछि कांग्रेसमा ३ गुट
सारांश
- नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि स्पष्ट रूपमा ३ गुट देखा परेका छन् ।
- विशेष महाधिवेशन हुनुभन्दा अगाडि कांग्रेसमा संस्थापन र डा शेखर कोइराला गुट थिए ।
- अहिले निवर्तमान सभापति शेरबहादुर देउवा समूह, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको समूह, र डा शेखर कोइराला समूह गरी ३ गुट सक्रिय छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका स्पष्ट रूपमा ३ गुट देखा परेका छन् । गत पुसमा भएको विशेष महाविवेशनपछि कांग्रेसमा गुटको संख्या बढेको हो । विशेष महाधिवेशन हुनुभन्दा अगाडि कांग्रेसमा संस्थापन र डा शेखर कोइराला गुट थिए ।
अहिले त्यो बेलाको संस्थापन गुट निवर्तमान सभापति शेरबहादुर देउवा समूहका रूपमा गतिविधि गर्दै आएको छ । सो समूहको भेला बुधबारदेखि महाराजगञ्जस्थित स्मार्ट होटलमा जारी छ ।
विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा अहिले संस्थापनमा छन् । उनीहरूले गरेका क्रियाकलाप पार्टीका आधिकारिक गतिविधि भइरहेका छन् ।
अर्का नेता डा शेखर कोइराला पनि विशेष महाधिवेशनपछि केही समय देउवा समूहसँगै थिए । केन्द्रीय कार्यसमिति र तत्कालिन सभापति शेरबहादुर देउवासहितको अनुमतिबिना गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेपछि त्यसविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालतमा देउवा समूहसँग डा शेखर समूह पनि गएको थियो ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि भने शेखरले आफ्नो पुरानो गुट व्यूताएका छन् । शेखरले आज बागमती प्रदेशका आफ्नो समूहका नेताहरूको भेला बोलाएका छन् । भेलामा कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी हुने त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण