जबलपुरमा पर्यटक सवार डुङ्गा पल्टिँदा चार जनाको मृत्यु
सारांश
- भारतको जबलपुरमा पर्यटक चढेको डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
- बिहीबार साँझ बरगी बाँध नजिकै मौसम बिग्रिएर आएको आँधी–हुरीका कारण डुङ्गा सन्तुलन गुमाएर पल्टिएको थियो ।
- दुर्घटनामा १५ जनाको उद्धार गरिएको छ भने १२–१३ जना अझै बेपत्ता छन्, जसको खोजी कार्य जारी छ ।
काठमाडौँ । भारतको मध्य प्रदेशस्थित जबलपुरको बरगी बाँधमा बिहीबार साँझ पर्यटक बोकेको एउटा क्रुज डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला रहेका छन् ।
खमरिया टापु नजिकै बिहीबार साँझ करिब ५ बजेर ४० मिनेटमा दुर्घटना भएको बिबिसी हिन्दीले समाचार प्रकाशित गरेको छ । सोही समयमा अचानक मौसम बिग्रिएर तीव्र आँधी–हुरी चलेको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार, तीव्र हावाका कारण डुङ्गाले सन्तुलन गुमाउँदा दुर्घटना भएको बताइएको छ ।
प्रहरीका अनुसार डुङ्गामा करिब ३५ जना सवार थिए । तीमध्ये अहिलेसम्म १५ जनाको सुरक्षित उद्धार गरिएको छ, जसमध्ये धेरैजसो पौडिएर बाहिर निस्किएका थिए ।
बरगीका सीएसपी, अन्जुल अयंक मिश्राले अहिलेसम्म चार वटा शव निकालिएको जानकारी दिएका छन् । उनका अनुसार, करिब १२–१३ जना अझै बेपत्ता छन् र उनीहरूको खोजी कार्य जारी छ ।
राज्य विपद् प्रतिकार्य बलको टोली उद्धार कार्यमा जुटेको छ र प्रशासनले खोजी अभियानलाई निरन्तरता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण