एआई ब्वाँसोको तस्बिर पोस्ट, ५ वर्ष जेल सजाय हुनसक्ने
काठमाडौँ । दक्षिण कोरियामा एक जना ४० वर्षीय पुरुषले एआई प्रयोग गरी बनाएको ब्वाँसोको नक्कली तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनले पाँच वर्षसम्म जेल सजाय र करिब ६ हजार ७०० डलर जरिवानाको सामना गर्नुपर्ने अवस्था आएको छ ।
घटना डेजियोनमा भएको हो । यहाँ चिडियाघरबाट नुक्गु नाम गरेको एउटा ब्वाँसो भागेर शहरभरि आतङ्क मच्चाएको थियो । सोही समयमा शहरका सडकमा ब्वाँसो देखिएको भन्दै एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो । तर त्यो फोटो एआईद्वारा बनाइएको नक्कली भएको पुष्टि भयो ।
अधिकारीहरूका अनुसार एआई–सिर्जित त्यो एउटै तस्बिरले ब्वाँसो समात्ने कार्यलाई करिब ९ दिनसम्म ढिला गरायो । यसका कारण प्रहरी र अग्नि नियन्त्रकहरू लामो समयसम्म गलत दिशामा परिचालित भए ।
स्थिति गम्भीर बन्दै जाँदा स्थानीय प्रशासनले विद्यालयहरू बन्द गर्याे र आपतकालीन टोली परिचालन गर्यो । पछि मात्र उक्त तस्बिर नक्कली भएको पत्ता लाग्यो । तर त्यतिबेलासम्म ठुलो स्रोत र समय खर्च भइसकेको थियो।
अन्ततः प्रहरी टोलीले ब्वाँसोलाई शहरको बाहिरी क्षेत्रमा फेला पारे । नक्कली तस्बिरले भ्रम सिर्जना नगरेको भए, त्यो चाँडै समातिन सक्ने अधिकारीहरूको भनाइ छ ।
तस्बिर बनाउने व्यक्तिले मजाकका लागि यस्तो गरेको स्वीकारेका छन् । तर, डिजिटल सामग्रीको दुरुपयोगले वास्तविक आपतकालीन अवस्थालाई प्रभावित पारेको भन्दै उनी विरुद्ध कडा कानुनी कारबाही अघि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण