राजधानीमा पेस्तोल र गोलीसहित लागुऔषध कारोबारी पक्राउ
सारांश
- लागुऔषध नियन्त्रण ब्यूरोले हतियार र प्रतिबन्धित औषधिसहित चार जनालाई काठमाडौँको बुढानीलकण्ठसहित विभिन्न स्थानबाट पक्राउ गरेको छ।
- प्रहरीले उनीहरूको साथबाट १६ हजार ७ सय ५० क्याप्सुल ट्रामाडोल, एक थान पेस्तोल, तीन थान म्याग्जिन र विभिन्न राउन्ड गोली बरामद गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध र हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठसहित विभिन्न स्थानबाट लागुऔषध नियन्त्रण ब्यूरोले हतियार र ठुलो परिमाणमा प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ। लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोटेश्वरबाट खटिएको ब्यूरोको टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट १६ हजार ७ सय ५० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे र २६ वर्षीय संसार सिटौला रहेका छन्। त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले लागुऔषध ओसारपसारका साथै अवैध हतियारसमेत बोक्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले कारोबारीको साथबाट एक थान पेस्तोल, तीन थान म्याग्जिन, चार राउन्ड गोली र एसएलआरमा प्रयोग हुने दुई राउन्ड गोलीसमेत बरामद गरेको छ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध र हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण