राजनीतिक भेटघाटमा व्यस्त अमेरिकी विशेष दूत
शुक्रबार, १८ वैशाख २०८३, १६ : ५०
सारांश
- अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।
- भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने, लगानी र व्यापार प्रवर्द्धन तथा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
- गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका छन् ।
काठमाडौँ । अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटको क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा लगानी र व्यापार प्रवर्द्धनमा विशेष जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्नेबारे पनि कुरा भएको जनाएको छ ।

गोरले आजै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल र अमेरिका बिचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको थियो।
गोरले प्रधान सेनापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट्ने कार्यतालिका रहेको छ । भारतका लागि अमेरिकी राजदूत समेत रहेका गोर तीन दिने नेपाल भ्रमणमा आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण