आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बल्खु सुकुमबासी घटना : बागमतीमा मृत भेटिएको पुरुषको शव टिचिङ पठाइयो

शुक्रबार, १८ वैशाख २०८३, १९ : ०५
शुक्रबार, १८ वैशाख २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खु स्थित बंशीघाटको सुकुमबासी बस्ती नजिकै बागमतीमा मृत भेटिएका पुरुषको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। 

शुक्रबार साढे ३ बजेतिर खोटाङकाे हलेसी तुवाचुङग नगरपालिका–११ घर भएर बंशीघाटको सुकुमबासीमा बस्ने ६१ वर्षीय इन्द्र बहादुर राई बागमती किनारामा मृत भेटिएका थिए।

नदीमा मानिस बग्दै आएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सरकारले सुकुमबासी बस्ती भत्काउन थालेपछि उनले आत्महत्या गरेको धेरेको आशङ्का छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले उनका परिवार बंशीघाटमा बस्ने गरेको बताए । भट्टराईका अनुसार मृतकको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। 

अनुसन्धान अधिकृतहरूले घटनास्थल मुचुल्का र शवजाँच मुचुल्का गरेका छन् । मृत्युको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप