केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
काठमाडाैँ । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक बाढीले यस हप्ता कम्तीमा १० जनाको ज्यान लिएको पुष्टि त्यहाँको प्रहरीले गरेको छ।
राष्ट्रिय प्रहरी सेवाका अनुसार अधिकांश मानवीय क्षति देशको पूर्वी क्षेत्रमा भएको छ, जहाँ बाढीका कारण सडकहरू अवरुद्ध भएका छन् र ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन् । यसले धेरै समुदायहरूलाई गम्भीर समस्यामा पारेको छ।
प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार हालसम्म १० जनाको मृत्यु भएको पुष्टि गरिएको छ, जसमा सबैभन्दा धेरै ७ जनाको मृत्यु भएकाे छ। घटना पूर्वी क्षेत्रमा भएको जनाइएको छ।
बाढीका कारण दुई महत्वपूर्ण पुलहरू भत्किँदा तटीय तथा पूर्वी क्षेत्रहरूमा यातायात र सामान ढुवानीमा गम्भीर अवरोध उत्पन्न भएको छ।
अधिकारीहरूले विशेष गरी जोखिमयुक्त तथा प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन, बाढीग्रस्त क्षेत्रहरूबाट टाढा रहन र स्थानीय निकायका सूचनाहरू पालना गर्न आग्रह गरेका छन्।
यसअघि मार्च महिनामा पनि केन्यामा आएको बाढीका कारण कम्तीमा ११२ जनाको मृत्यु भएको थियो।विज्ञहरूले जलवायु परिवर्तनका कारण यस्ता प्राकृतिक विपद्हरूको जोखिम बढ्दै गएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण