रास्वपाबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने सोच छ ?, उत्तीर्ण गर्नुपर्नेछ ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने पार्टी सदस्यहरूका लागि 'क्यान्डिडेट क्लब' र 'लिडरसिप एकेडेमी' उत्तीर्ण गर्न अनिवार्य गरेको छ।
- पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको र यसको जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।
- स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने पार्टी सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने भएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुन बाध्यकारी बनाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट उत्तीर्ण हुनैपर्नेछ’, झाले भने ।
यसअघि रास्वपार्टीको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उम्मेदवार छनौट रूपरेखा निर्माण समितिको तर्फबाट हस्तान्तरण गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण