काठमाडौँ र ललितपुरका ८३ वटा मसाज सेन्टरमा छापा, २५८ जना पक्राउ
आइतबार, २० वैशाख २०८३, २० : ११
काठमाडौँ । प्रहरीले काठमाडौँ र ललितपुरमा सञ्चालित मसाज सेन्टरमा छापा मारेको छ। ‘स्वच्छ काठमाडौँ अभियान’ अन्तर्गत ८३ वटा मसाज सेन्टरमा छापा मारिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार २५८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४० जना पुरुष र १८ जना महिला छन् । उमेर नपुगेका किशोरीहरूलाई काममा लगाएको, ग्राहकलाई ठग्ने गरेको र अश्लील गतिविधि हुने गरेको सूचनाको आधारमा मसाज सेन्टरमा छापा मारिएको एसएसपी खड्काले जानकारी दिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण