पन्जाबको लगातार दोस्रो हार, गुजरात ४ विकेटले विजयी
सारांश
- गुजरात टाइटन्सले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ, जुन पन्जाबको लगातार दोस्रो हार हो ।
- पन्जाबले दिएको १६४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो, जसमा साई सुदर्शनले ५७ रनको योगदान दिए ।
- यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले १६३ रन बनाएको थियो, जसमा सुर्यांश शेडगेले सर्वाधिक ५७ रन बनाए ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा गुजरात टाइटन्सले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । यो पन्जाबको लगातार दोस्रो हार हो ।
पन्जाबले दिएको १६४ रनको लक्ष्य गुजरातले १ बल बाँकी रहँदै १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमा साई सुदर्शनले सर्वाधिक ५७ रनको योगदान दिए भने वासिङ्टन सुन्दरले अविजित रहँदै महत्त्वपूर्ण ४० रन जोडे । पन्जाबका लागि बलिङतर्फ अर्शदीप सिंह र विजयकुमार वैशाकले समान २–२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । पन्जाबका लागि सुर्यांश शेडगेले सर्वाधिक ५७ रन बनाए भने मार्कस स्टोइनिसले ४० रनको योगदान दिए । गुजरातका बलर जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका थिए ।
यो हार पन्जाबको लगातार दोस्रो हो । यसअघि मंगलबार भएको खेलमा पन्जाब राजस्थानसँग पराजित भएको थियो । यद्यपि, हारका बाबजुद पन्जाब ९ खेलबाट १३ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ ।
यता जितसँगै विजेता गुजरातको १० खेलबाट १२ अंक भएको छ । त्यस्तै, बेगलुरु १० खेलबाट १२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण