सांसद गणेश कार्की भन्छन्– मोरङको भूमि समस्या सामान्य होइन, वास्तविक सुकुमबासी धैर्य गर्नुस्
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले आफ्नो निर्वाचन क्षेत्रको भूमि तथा सुकुमबासी समस्या अत्यन्त जटिल रहेको भन्दै यसलाई विशेष ढङ्गले समाधान गर्नुपर्ने बताएका छन् ।
उनले वास्तविक भूमिहीन तथा सुकुमबासीलाई अनावश्यक भ्रम र त्रासमा नपर्न तथा धैर्य गर्न अपिल गरेका छन् ।
कार्कीले मोरङ ३ को अवस्था सामान्य नरहेको र यसलाई फरक एवं विशेष दृष्टिकोणबाट हेरिनुपर्ने कुरा आफूले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराएको बताएका छन् ।
तर, सरकारका तर्फबाट पर्याप्त सूचना सार्वजनिक नभएको भन्दै सुकुमबासीको समस्यालाई झन् गिजोल्ने प्रयास भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
सुकुमबासी, अव्यवस्थित बसोबासी र दोहोरो स्वामित्वको समस्या झेलिरहेका वास्तविक पीडितहरूलाई संयमित रहन उनले आग्रह गरेका छन् ।
पछिल्लो समय काठमाडौँ लगायतका क्षेत्रमा सरकारी जग्गा खाली गराउने अभियान चलेसँगै देशभरका सुकुमबासीमा त्रास फैलिएको सन्दर्भलाई जोड्दै कार्कीले प्रधानमन्त्री वालेन्द्र शाहले दिएको जानकारीलाई मनन गर्न सम्पूर्ण भूमिहीनलाई आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण