सीआईबीकै नाम दुरुपयोग गरी ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरो(सीआईबी), भोटाहिटीले आफ्नो नाम दुरुपयोग गरी अनलाइन ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार ठगीमा संलग्न व्यक्तिहरूले ट्रु कलरमा समेत साइबर ब्यूरोको नाम देखिने बनाइ पीडितहरूलाई फोन सम्पर्क गर्ने, डर त्रास देखाउने तथा विभिन्न प्रलोभनमा पारेर रकम माग्ने गरेका थिए।
यसरी विद्युतीय माध्यम प्रयोग गरी ठगी भइरहेको भन्दै पीडितहरूको निवेदन प्राप्त भएपछि ब्यूरोले प्राविधिक अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा चार जनाको संलग्नता पुष्टि भएपछि इलाका प्रहरी कार्यालय धरान सँगको समन्वयमा उनीहरूलाई शनिबार(वैशाख १९) पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दिपक लिम्बु,सुनसरी धरान–९ का २१ वर्षीय सौरव भुजेल, सुनसरी धरान–१३ का २८ वर्षीय सजल राई र सुनसरी इनरुवा–६ का २४ वर्षीय सृजन थापा रहेका छन्।
उनीहरूविरुद्ध विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूराेका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी दिलीप कुमार गिरीले बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण