एभर्टन र म्यानचेस्टर सिटीबिच ३–३ गोलको रोमाञ्चक बराबरी
मङ्गलबार, २२ वैशाख २०८३, ०५ : ०३
सारांश
- इङ्लिस प्रिमियर लिगमा एभर्टन र म्यानचेस्टर सिटीबीचको खेल ३-३ गोलको बराबरीमा टुंगिएको छ ।
- म्यानचेस्टर सिटीका लागि जेरेमी डोकुले दुई गोल गरे भने अर्लिङ हालान्डले एक गोल थपे ।
- एभर्टनका लागि थियर्नो ब्यारीले दुई तथा जेक ओब्रायनले एक गोल गरे ।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा एभर्टन र म्यानचेस्टर सिटीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलमा दुवै टोलीले उत्कृष्ट पुनरागमनको नमुना प्रस्तुत गरे । म्यानचेस्टर सिटीका लागि जेरेमी डोकुले खेलको ४३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उनले नै खेलको अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याए । सिटीका लागि अर्को एक गोल अर्लिङ हालान्डले ८३औँ मिनेटमा गरेका थिए ।
यता, एभर्टनका लागि थियर्नो ब्यारीले ६८औँ र ८१औँ मिनेटमा दुई गोल गरे भने जेक ओब्रायनले ७३औँ मिनेटमा एक गोल थपेका थिए । एक समय अग्रता लिएको एभर्टनले खेलको अन्तिम मिनेटमा गोल खाएपछि अंक बाँड्न बाध्य भयो ।
यो बराबरीपछि अंक तालिकामा म्यानचेस्टर सिटीको ७१ अंक पुगेको छ भने एभर्टनको ४८ अंक रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण