प्रहरीले बुझायो महेशपत्नी अम्बिकासहित १० जना विरूद्धको अनुसन्धान प्रतिवेदन
सारांश
- पूर्वमन्त्री महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जना विरुद्ध प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।
- माइतीघर मण्डलामा गत वैशाख १४ गते शोभा पाठक पक्षसँग झगडा भएपछि प्रहरीले अम्बिका लगायत १० जनालाई पक्राउ गरेको थियो।
- प्रहरीले उनीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा सजायको मागदाबी गर्नुपर्ने राय दिएको छ।
काठमाडौँ । पूर्वमन्त्री महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जना विरुद्धको अनुसन्धान प्रहरीले पूरा गरेको छ।
माइतीघर मण्डलामा जानुका भन्ने शोभा पाठकसँग झगडा गरेपछि प्रहरीले वैशाख १४ मा अम्बिका समेतलाई पक्राउ गरेको थियो । अम्बिकासहित १० जना संलग्न घटनाबारे अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
उनले भने, ‘हिजो सोमबार हामीले सरकारी वकिलमा अनुसन्धान प्रतिवेदन पेस गरेका छौँ ।’ प्रहरीले उनीहरूलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा सजायको मागदाबी लिनुपर्ने राय दिएको छ ।
पक्राउ पर्नेमा सबै महिला छन् । वैशाख १४ मा शोभा पाठक र रश्मिला धामी लगायतका महिलाहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्बहाली गर्न माग गर्दै धर्ना बसेको अवस्थामा अम्बिका आफ्नो समूह लिएर माइतीघर पुगेकी थिइन् । त्यसपछि माइतीघरमा दुई पक्षबिच हात हालाहाल भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण