आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

माइतीघरमा महेशपत्नी अम्बिका र शोभाबिच भुतलाभुतल

सोमबार, १४ वैशाख २०८३, १४ : ३४
सोमबार, १४ वैशाख २०८३

सारांश

  • एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच माइतीघर मण्डलमा भुतलाभुतल भएको छ ।
  • सुधन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने माग राख्दै धर्नामा बसेकी शोभा पाठकलाई अम्बिका दलबलसहित माइतीघर पुगेर भुत्ल्याउन थालेको बताइएको छ ।
  • प्रहरीले दुई महिलाबिचको झगडा छुट्टाएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याई घटनाबारे बुझ्ने काम गरिरहेको छ ।

काठमाडौँ । एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच भुतलाभुतल भएको छ । माइतीघर मण्डलमा उनीहरूबिच भुतलाभुतल भएको हो । 

माइतीघरमा दुई महिलाबिच हात हालाहाल र भुतलाभुतल भएको हो । दुई जनाको झगडा छुट्टाएर प्रहरीले अम्बिका र शोभालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याएको छ । 

शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने भन्दै धर्ना बसिरहेका बेला अम्बिका दलबलसहित माइतीघर पुगेर शोभालाई भुत्ल्याउन थालेको बताइएको छ । 

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुवैको झगडा छुट्टाएर अहिले परिसरमा लगिएको र घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप