डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति मार्फत जनाएको छ ।
जना महिला यात्रीमा पछिल्लो सङ्क्रमण पुष्टि भएको जनाउँदै उसले सङ्कमित महिलाको अप्रिल– २७ मा मृत्यु भइसकेको उल्लेख गरेको छ ।
एक दम्पती र एक जना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परे पछि सङ्मणको आशङ्कामा उनीहरु सहित करिब १५० जना यात्रुहरु जहाजमै रहेको जनाइएको छ । हालै पुष्टि भएको हान्टाभाइरस सङ्क्रमीत यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोहानेसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ ।
जहाजमा रहेका दुई जना चालक दलका सदस्यहरूमा तीव्र श्वासप्रश्वास लगायतका लक्षणहरू देखा परेकाले दुवैलाई तत्काल चिकित्सा सेवा आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । हाल सङ्क्रणको लक्षण भएका अन्य व्यक्तिहरू पहिचानका लागि स्वास्थ्य परीक्षण गरिरहेको बताइएको छ ।
हान्टा भाइरसहरू एउटा भाइरसहरूको समूह हो जसले मानिसहरूमा गम्भीर रोग निम्त्याउन सक्ने डब्ल्यूएचओले जनाएको छ । सङ्क्रमण सामान्यतया संक्रमितहरूको पिसाब, तथा थुकको सम्पर्कबाट एक मानव–देखि अर्को मानवमा सर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण