गाजामा स्वास्थ्य पुनर्स्थापना प्रणाली कमजोर,अन्तर्राष्ट्रिय सहयोगको अपिल
काठमाडाैँ । गाजामा घाइते बिरामीहरूका लागि पुनर्स्थापना सेवामा गम्भीर अभाव देखिएको भन्दै मानवीय निकायहरूले चिन्ता व्यक्त गरेका छन्।
मानवीय समन्वयसम्बन्धी निकायका अनुसार गाजामा ६ हजार ६ सय भन्दा बढी बालबालिका रहेका छन्। सन् २०२३ को अक्टोबरयता हजारौं व्यक्तिहरू गम्भीर रूपमा प्रभावित भएका छन्, तर हाल त्यहाँ केवल आठ जना प्राविधिक मात्र उपलब्ध रहेका छन्।
विशेषज्ञहरूको अभाव र आवश्यक सामग्रीको सीमित आपूर्तिका कारण वर्तमान आवश्यकतालाई पूरा गर्न कम्तीमा पाँच वर्ष लाग्न सक्ने अनुमान गरिएको छ।
संयुक्त राष्ट्रसंघका आपतकालीन राहत संयोजक टम फ्लेचरका अनुसार गाजामा सहयोग कार्य निरन्तर जारी रहेको छ, जसले जीवन जोगाउन, अनिकाल रोक्न तथा आधारभूत सेवाहरू पुनःस्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। तथापि, अझ धेरै प्रयास आवश्यक रहेको उनले उल्लेख गरे।
मानवीय साझेदारहरूले झण्डै ४ हजार ५सय घरपरिवारलाई त्रिपाल, ओछ्यान तथा अन्य आवश्यक सामग्री वितरण गरेका छन्। खान युनिस क्षेत्रमा उपलब्ध सामग्री प्रयोग गरी अस्थायी आश्रय निर्माण गरिएको छ, जसलाई आवश्यक सामग्री उपलब्ध भएपछि थप सुदृढ बनाउन सकिने जनाइएको छ।
स्वास्थ्य क्षेत्रका निकायहरूले कीरा तथा मुसाका कारण छालासम्बन्धी रोगलगायत अन्य स्वास्थ्य समस्या बढ्न सक्ने जोखिमप्रति पनि ध्यानाकर्षण गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण