बागमतीका ४ सचिवको पदस्थापन
मकवानपुर । बागमती प्रदेश सरकारले ४ जना सचिवहरूको पदस्थापन गरेको छ ।
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारबाट सरुवा भई आएका ३ र प्रदेशमा कार्यरत एक सहसचिवलाई प्रदेश सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार सहसचिव महेश भट्टराई सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ भने नारायण मैनाली आर्थिक मामिला तथा योजना मन्त्रालय र अनिता निरौलालाई श्रम, रोजगार तथा यातायात मन्त्रालयमा जिम्मेवारी तोकेको हो ।
सङ्घीय सरकारले गत साता सरुवा गरेका ४ मध्ये ३ जना सहसचिव प्रदेशमा हाजीर भएका थिए भने एक जना अझै हाजीर भएका थिएनन् । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा कार्यरत सचिव हेमराज भुसाल नीति तथा योजना आयोगमा जिम्मेवारी तोकिएको छ।
बैठकले त्रिभुवन पार्कको सञ्चालक समितिको अध्यक्षमा चन्द्रबहादुर गोपालीलाई नियुक्ति गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण