आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद

मङ्गलबार, २२ वैशाख २०८३, २१ : १४
मङ्गलबार, २२ वैशाख २०८३

काठमाडौँ । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा लोड गरेर भारततर्फ लैजाँदै गरेको गाँजा प्रहरीले सुनसरीबाट बरामद गरेको छ । 

मंगलबार बराहक्षेत्र नगरपालिका वडा नम्बर–२ स्थित पुल्ठेगौंडाबाट १४८ केजी गाँजा बरामद गरिएको सुनसरीका एसपी केशव थेबेले रातोपाटीलाई बताए । 

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बिआर–०७–पिसी–४७६५ नम्बरको एम्बुलेन्समा सवार दुई जनालाई पक्राउ गरेको छ ।

गाँजा ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ पर्नेमा एम्बुलेन्स चालक बिहार घर भएका १८ वर्षीय धमेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार २१ वर्षीय मोहम्मद सदाम छन् ।

उनीहरूमाथि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप