आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
आईपीएल

सञ्जु चम्किँदा दिल्लीमाथि चेन्नईको सानदार जित

मङ्गलबार, २२ वैशाख २०८३, २३ : ३३
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ ।
  • दिल्लीले १५५ रन बनाएको थियो जसमा समीर रिजवीले अविजित ४० रनको योगदान दिए ।
  • चेन्नईका सञ्जु सामसनले अविजित ८७ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई जित दिलाए ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ । यस जितसँगै चेन्नईले १० खेलबाट १० अंक जोडेको छ ।

दिल्लीस्थित अरुण जेटली स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीका लागि समीर रिजवीले अविजित रहँदै सर्वाधिक ४० रनको योगदान दिए । उनले २४ बलमा यो रन जोडेका थिए । त्यसैगरी, ट्रिस्टन स्टब्सले ३८ र पथुम निसंकाले १९ रन बनाए । चेन्नईका बलर नूर अहमदले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

१५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७.३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । चेन्नईको जितमा सञ्जु सामसनले अविजित ८७ रनको उत्कृष्ट पारी खेले । उनले ५२ बलको सामना गर्दै सो रन बनाएका थिए । कार्तिक शर्माले पनि अविजित रहँदै ४१ रनको योगदान दिए। दिल्लीका लागि अक्षर पटेल र लुङ्गी एनगिडीले एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप