मौसमका कारण स्कटल्यान्ड र अमेरिकासँग नेपाल ‘ए’ को खेल तालिका परिवर्तन
सारांश
- मौसममा आएको खराबीका कारण नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन गरेको छ।
- नयाँ तालिका अनुसार अब पहिलो खेल मे ७ तारिखमा नेपाल ए र स्कटल्यान्डबिच हुनेछ।
- प्रतियोगिताको अन्तिम खेल मे ११ तारिखमा नेपाल ए र अमेरिकाबिच हुने गरी तालिका मिलाइएको छ।
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन गरेको छ।
मौसममा आएको खराबीका कारण पूर्व निर्धारित तालिका प्रभावित भएपछि क्यानले नयाँ खेल तालिका सार्वजनिक गरेको हो।
नेपाल ए, स्कटल्यान्ड र अमेरिकाबिचको यो प्रतियोगिता मे ७ देखि मे ११ सम्म मूलपानी क्रिकेट मैदानमा चल्नेछ। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार मौसमका कारण खेलहरूलाई नयाँ मितिमा व्यवस्थापन गरिएको हो।
नयाँ तालिका अनुसार अब पहिलो खेल मे ७ तारिखमा नेपाल ए र स्कटल्यान्डबिच हुनेछ। यसैगरी, मे ८ तारिखमा नेपाल ए र अमेरिकाबिच प्रतिस्पर्धा हुने तय भएको छ।
एक दिनको अन्तरालपछि मे ९ तारिखमा नेपाल ए र स्कटल्यान्ड फेरि आमनेसामने हुनेछन्। प्रतियोगिताको अन्तिम खेल मे ११ तारिखमा नेपाल ए र अमेरिकाबिच हुने गरी तालिका मिलाइएको क्यानले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण