एमाले सुदूरपश्चिम संसदीय दल र अध्यक्ष ओलीबिचको छलफल निष्कर्षविहीन
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओली र सुदूरपश्चिम प्रदेशसभा सांसदहरू बिचको संवाद बिनानिष्कर्ष टुंगिएको छ । दलको नेता फेरबदलको विषयलाई लिएर विवाद उत्पन्न भएपछि अध्यक्ष ओलीले बुधबार सांसदहरूलाई आफ्नो निवास गुन्डुमा बोलाएका थिए ।
झन्डै चार घण्टा चलेको छलफलमा कुनै निष्कर्ष ननिस्किएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । भट्टका अनुसार शुक्रबार फेरि बस्ने गरी छलफल टुंगिएको छ ।
‘छलफलमा कुनै निष्कर्ष निस्किएको छैन । अध्यक्षले केही बोल्नुभएको छैन । सबैका कुरा सुन्नुभयो । शुक्रबार विवाद समाधान गर्नेगरी टुंगिएको छ’, रातोपार्टीसँग भट्टले भने ।
छलफलमा दलका नेता राजेन्द्रसिंह रावलसहित सबै सांसद सहभागी थिए । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रहेका रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता फेरबदलको पक्षमा अध्यक्ष ओलीसँग लविङ गरेका थिए ।
नेताबाट रावललाई हटाएर नेता बन्ने दौडमा उपनेता सन्तोषकुमारी शर्मा (थापा), प्रमुख सचेतक चक्रबहादुर मल्ल लगायत सांसदहरू सक्रिय रहेका छन् । यद्यपि आजको बैठकमा दलको नेता फेरबदल गर्ने विषयमा कुनै निर्णय नभएको सन्तोषकुमारी शर्मा थापाले जानकारी दिइन् ।
‘अध्यक्षसँग हामीले आ–आफ्ना धारणा राख्यौँ । उहाँ(अध्यक्ष) ले सुन्नु मात्र भयो । केही भन्नुभएन । सहमतिमै दलको नेता परिवर्तन गर्ने वा निर्वाचन प्रक्रियाबाट अगाडि बढ्ने भन्ने विषयमा अर्को बैठकले निर्णय गर्छ’, थापाले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण