अपहरणकारी अजयलाई प्रहरीको ८ राउण्ड गोली, गोपाललाई ४ राउण्ड
काठमाडौं– प्रहरी इन्काउन्टरमा मृत्यु भएका अपहरणकारीमाथि प्रहरीले दर्जनौं राउण्ड गोली चलाएको पाइएको छ । प्रहरी इन्काउन्टरमा सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङको सोमबार मृत्यु भएको थियो ।
मृतकमध्ये अजयलाई ८ राउण्ड गोली, गोपाललाई ४ राउण्ड गोली लागेको छ। घटनास्थलमा प्रहरीले सोहि व्यहोराको मुलुल्का तयार पारेको छ ।
आइतबार साँझ काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेका निशान खड्काको हत्या भएसँगै अपहरणकारी खोज्दै प्रहरी भक्तपुरको सूर्यबिनायक पुगेको थियो ।
सूर्य बिनायक नगरपालिका वडा नम्बर आठको सूर्यबिनायक सामूदायिक जंगलामा उनीहरुले प्रहरीमाथि गोली चलाएसँगै इन्काउन्टरमा परेका थिए ।
बालक निशानको भने मध्यपूर ठीमी नगरपालिका नगदेश भन्ने ठाउँमा हत्या भएको थियो ।
प्रहरीका अनुसार ठिमी नगरपालिकाको नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।
अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए ।
अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।
घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।
मृतककी आमा चमेली खड्काले सञ्चालन गर्दै आएको खाजाघरमा मृतक अपहरणकारीले खाना खाने गरेका थिए । मृतकका बुबा गणेश वैदेशिक रोजगारीमा रहेको र पैसा असुल्ने योजनाअनुरुप बालकको अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण