सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
भीभीआईपीको गाडीमा बालेनको चासो

गृहले उपलब्ध गराएको सरकारी गाडी चढ्दैछन् एक पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्री

बिहीबार, २४ वैशाख २०८३, १२ : ३४
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • गृह मन्त्रालयले एक पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्रीलाई सरकारी गाडी उपलब्ध गराएको छ ।
  • प्रथम राष्ट्रपति डा. रामवरण यादवले २ वटा र पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, डा.बाबुराम भट्टराई, झलनाथ खनाल र खिलराज रेग्मीले एक/एक वटा गाडी प्रयोग गरिरहेका छन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मागेको विवरण गृह मन्त्रालयले पठाइसकेको छ ।

काठमाडौँ । सरकारले गृह मन्त्रालयमार्फत उपलब्ध गराएका सरकारी गाडी एक पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्रीले चढिरहेको पाइएको छ ।

 गृह मन्त्रालयको आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले उनीहरूलाई गाडी उपलब्ध गराइरहेको हो ।

शाखाका अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २ गाडी मन्त्रालयबाट लगेर प्रयोग गरिरहेका छन् । 

त्यस्तै पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, डा.बाबुराम भट्टराई, झलनाथ खनाल र खिलराज रेग्मीले मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा गृह मन्त्रालयले उपलब्ध गराएका एक/एक वटा गाडी चढिरहेका छन् । 

यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई सरकारी गाडी प्रयोग गरेका भीभीआईपीको विवरण पठाउन पत्र पठाएको थियो । त्यो पत्रको जवाफ मन्त्रालयले प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयलाई जानकारी गराइसकेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयबाट मागिएको गाडी उपलब्ध गराएकोसम्बन्धी विवरणको जवाफ आफूहरूले पठाएको रातोपाटीलाई जानकारी दिए । यस्तै बुधबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्डविपरीत चढिरहेको गाडी प्रधानमन्त्री कार्यालयलाई फिर्ता पठाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप