बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इरानको नाकाबन्दीः एकहजार ५०० पानीजहाज अलपत्र

बिहीबार, २४ वैशाख २०८३, २१ : ३१
बिहीबार, २४ वैशाख २०८३

एजेन्सी । मध्यपूर्व युद्धका कारण करिब एक हजार ५०० पानीजहाज अलपत्र परेका संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सामुद्रिक मामिला हेर्ने सङ्गठनले जनाएको छ ।

सङ्गठनका महासचिवले बिहीबार पनामामा भने, 'इरानले गरेको नाकाबन्दीका कारण करिब एक हजार ५०० जहाज र तिनका चालक दलका सदस्यहरू खाडीमा फसेका छन्।'

इजरायल र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु गरेको मध्यपूर्वमा भएको युद्धमा तेहरानबाट प्रतिक्रिया (प्रतिशोध) लाई उक्सायो र एक महत्त्वपूर्ण विश्वव्यापी व्यापार मार्ग हर्मुजमा पानीजहाजको स्वतन्त्र आवागमनमा प्रतिवन्ध लगाइएको छ।

'अहिले हामीसँग लगभग २० हजार चालक दल र लगभग एक हजार ५०० जहाजहरू फसेका छन्,' आर्सेनियो डोमिन्क्वेजले अमेरिकाको समुद्री सम्मेलनमा सम्बोधनका क्रममा भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप