वनमन्त्री चौधरीसँग जलवायु विज्ञ डा घोषको भेटवार्ता
काठमाडौँ । वन तथा वातावरणमन्त्री गीता चौधरीसँग ३०औँ जलवायु सम्मेलनको अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एसियाका लागि विशेष दूतका रूपमा नियुक्त भएका डा अरुणाभ घोषले भेटवार्ता गरेका छन् । मन्त्रालयमा बिहीबार भएको भेटमा उनीहरूबिच कार्बन उत्सर्जनका कारण वृद्धि भएको तापक्रमले हिमालमा पारेको असरलगायत जलवायु परिवर्तनका जोखिमबारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा मन्त्री चौधरीले हिमाल पग्लिने क्रम बढ्दै जाँदा तल्लो तटीय समुदायसमेत प्रभावित भइरहेको उल्लेख गर्दै जलवायु परिवर्तन साझा विश्वव्यापी समस्या भएकाले यसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएकी थिइन् । साथै उनले राष्ट्रिय जलवायु नीति, राष्ट्रिय अनुकूलन योजना तथा उच्च लक्ष्यसहितको ‘एनडिसी ३.०’ कार्यान्वयनमा ल्याएको अवगत गराएकी थिइन् ।
उनले आगामी कोप–३१ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नेपालले भारतसहित छिमेकी तथा समान सोच भएका पर्वतीय राष्ट्रहरूसँग सहकार्य गर्दै जलवायु न्याय र साझा एजेन्डालाई अघि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण