अपहरणकारी मारिएको ठाउँमा पुग्दा जे देखियो (फोटोफिचर)

काठमाडौं । आइतबार साँझ भक्तपुर बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो । खड्कालाई अपहरण गर्ने दुई जना अपहरणकारी पनि प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
सोमबार पौने २ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक सामुदायिक जंगलमा नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङ प्रहरीसँगको मुठभेडमा मारिएका हुन् ।
बालक खड्काको हत्या गरेर भाग्दै जंगल पुगेका उनीहरुले प्रहरीमाथि उल्टै आक्रमण गरेपछि प्रहरीले हवाई फायरिङ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ ।
अपहरणकारी अजयको शरीरमा ८ गोली र गोपालको शरीरमा ४ गोली लागेको छ । उनीहरुको दुवै जनाको घाँटी, छाती, पेट, नाडी र कम्मरमा गोली लागेको छ । उनीहरु दुवै जनाले चप्पल लगाएका थिए ।
प्रहरीले घटनास्थलबाट १ थान पेस्तोल, २ राउन्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।
घटनास्थलमा अपराध महाशाखाको टोली, जिल्ला प्रहरी कार्यालय, भक्तपुरको एक टोली, मुद्दा शाखाको एक प्रहरी टोलीलगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा