अपहरणकारी मारिएको ठाउँमा पुग्दा जे देखियो (फोटोफिचर)
काठमाडौं । आइतबार साँझ भक्तपुर बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो । खड्कालाई अपहरण गर्ने दुई जना अपहरणकारी पनि प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
सोमबार पौने २ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक सामुदायिक जंगलमा नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङ प्रहरीसँगको मुठभेडमा मारिएका हुन् ।
बालक खड्काको हत्या गरेर भाग्दै जंगल पुगेका उनीहरुले प्रहरीमाथि उल्टै आक्रमण गरेपछि प्रहरीले हवाई फायरिङ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ ।
अपहरणकारी अजयको शरीरमा ८ गोली र गोपालको शरीरमा ४ गोली लागेको छ । उनीहरुको दुवै जनाको घाँटी, छाती, पेट, नाडी र कम्मरमा गोली लागेको छ । उनीहरु दुवै जनाले चप्पल लगाएका थिए ।
प्रहरीले घटनास्थलबाट १ थान पेस्तोल, २ राउन्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।
घटनास्थलमा अपराध महाशाखाको टोली, जिल्ला प्रहरी कार्यालय, भक्तपुरको एक टोली, मुद्दा शाखाको एक प्रहरी टोलीलगायत सयौंको संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण