विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
शुक्रबार, २५ वैशाख २०८३, ०९ : ५५
काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो ।
समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो ।
समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण