सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
शुक्रबार, २५ वैशाख २०८३, १० : ५४
सारांश
- नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको छ।
- यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ३०० रुपैयाँले बढी हो।
- सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ, जुन प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ।
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ३०० रुपैयाँले बढी हो। बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ कायम गरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ।
बिहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो। आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ५२३ रुपैयाँ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सास्ती: बजेट पनि छैन, खर्च पनि हुँदैन !
-
स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
-
दूधले साँच्चै बलियो बनाउँछ त हड्डी ?
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण