सुर्खेतमा भूमिहीन सुकुमबासी र अव्यवस्थित बसाेबासीहरू आन्दोलनमा
शुक्रबार, २५ वैशाख २०८३, १३ : ३८
सारांश
- सुर्खेतका भूमिहीन सुकुमबासी र अव्यवस्थित बसाेबासीहरू वैकल्पिक व्यवस्थाबिनै हटाउन लागेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
- उनीहरूले वीरेन्द्रनगरको मंगलगढी चोकबाट ¥यालीसहित बजार परिक्रमा गरेका छन्।
- उचित व्यवस्थापन भएमा सहयोग गर्ने तर बलजफती हटाए प्रतिरोध गर्ने उनीहरूको भनाइ छ।
सुर्खेत । सुर्खेतका भूमिहीन सुकुमबासी र अव्यवस्थित बसाेबासीहरू आन्दोलनमा उत्रिएका छन्।
वैकल्पिक व्यवस्थाबिनै आफूहरूलाई हटाउन लागिएको भन्दै विरोधमा उत्रिएका हुन् ।
शुक्रबार दिउँसो १२ बजेतिर वीरेन्द्रनगरकाे मंगलगढी चोकबाट उनीहरूले र्यालीसहित बजार परिक्रमा गरे ।
त्यस क्रममा उनीहरूको भनाइ थियो- उचित व्यवस्थापन भएमा हामी आफै सरकारलाई सहयोग गर्न तयार छौँ ।
तर बलजफती रूपमा हटाउन खोजिए प्रतिरोध गरिने उनीहरूको भनाइ छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण