स्मार्ट टेलिकमसँग जोडिएका थप दुई जना पक्राउ
सारांश
- स्मार्ट टेलिकमसँग जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा ललितपुरकी पलिना श्रेष्ठ र काभ्रेका नरेन्द्र उलाक छन् ।
- उनीहरुमाथि आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । स्मार्ट टेलिकमसँग जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ झम्सीखेल बस्ने ५५ वर्षीया पलिना श्रेष्ठ र काभ्रेपलान्चोकको पनौती घर भएर टोखा नगरपालिका–७ बस्दै आएका नरेन्द्र उलाक छन् । उनीहरुलाई शुक्रवार पक्राउ गरिएको सीआईबीका एआईजी डा.मनोज केसीले रातोपाटीलाई बताए ।
वैशाख २१ मा सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको थियो । आरोपीहरू विरुद्ध प्रहरीले आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
स्मार्ट टेलिकम अहिले बन्द छ । नवीकरण नगरेका कारण २०८० वैशाखदेखि स्मार्ट टेलिकम बन्द भएको हो । आरोपीहरूले नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उ्द्देश्यका साथ काम गरेर सरकारलाई ठगी गरेको सीआईबीले जनाएको छ । सोमबार पक्राउ परेका ४५ वर्षीय जोशीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आउनुपर्ने स्मार्ट सेलको उपकरण आरोपीहरूले सरकारको हक टुटाउने गरी गैरकानुनी ढङ्गले लिलाम बिक्री गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आज पक्राउ परेका श्रेष्ठ र उलाक स्मार्ट सेलबाट प्राधिकरणले जफत गरेको सम्पत्ति गैरकानुनी तरिकाले लिलाम गराउने काममा संलग्न थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण