१२ बजे १२ समाचार: एक दिनमै कम्पनी दर्ता, खारेजी पाँच दिनदेखि सुकुमबासी बस्ती नहटाउन सर्वोच्चको आदेशसम्म
सारांश
- प्रधानमन्त्रीले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा रोकिएको छ।
- सर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।
- कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी दर्ता एक दिनभित्र र खारेजी पाँच दिनभित्र हुने व्यवस्था गरेको छ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा १२ बजे १२ समाचारसहित हाजिर भएका छौँ–
१. फरक मत
संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात बुँदे फरक मत (असहमति) दर्ज गराएको पाइएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा।मनोजकुमार शर्मालाई सिफारिस गरिएको विषयमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बैठकमा लिखित असहमति प्रस्तुत गरेका हुन् ।
बिहीबारको बैठकमा उनले उक्त असहमति प्रस्तुत गर्दै सरकारले न्यायपालिकामा कार्यपालिकाको हस्तक्षेप बढाउन खोजेको आरोप लगाएका छन् । यसैगरी असहमति पत्रमा वर्तमान सरकारले संविधानको मर्म र लोकतान्त्रिक मूल्य मान्यता विपरीत अध्यादेशमार्फत परिषद्को निर्णय प्रक्रियालाई प्रभावित पारेको उल्लेख गरिएको छ।
वैशाख ९ गते तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
गृहमन्त्री नहुँदा नेपाल प्रहरीमा ठुलो संख्यामा सरुवा रोकिएको छ । गत वर्ष सरुवा भएका र अवधि पुगेका प्रहरी निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मको सरुवा रोकिएको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गरेको खर्चको विवरण सार्वजनिक भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रणालीमा सबैभन्दा बढी खर्च गर्ने दलको सूचीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा देखिएको छ।
४. बाबुरामले छाडे पार्टी
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छाडेका छन् । बिहीबार प्रलोपाले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने भन्दै डा भट्टराईले पार्टी छाडेको उल्लेख छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीलाई वामपन्थी, प्रगतिशील, देशभक्त र समाजवादी धाराको रूपमा स्थापित गर्ने निर्णय गरेको छ । साथै प्रलोपाले समान विचार राख्ने शक्तिहरूसँग एकता र ध्रुवीकरण गर्ने नीति लिएको छ।
५. सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ।
शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले बस्ती नहटाउन भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
६. प्रधान न्यायाधीश सिफारिसबारे
प्रधान न्यायाधीशमा सिफारिस भएका डा मनोजकुमार शर्माविरूद्ध सर्वोच्च अदालतमा पेस भएको रिट दरपीठ भएको छ।
शुक्रबार सर्वोच्च प्रशासनले पेस भएको तीन वटा रिटलाई दर्ता गर्न अस्वीकार गरेको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू गीता थापा र प्रेमराज सिलवालले पेस गरेको रिटलाई दर्ता गर्न अस्वीकार गरिएको हो ।
७. अब एक दिनमै कम्पनी दर्ता, खारेजी पाँच दिनमा
नेपालमा कम्पनी दर्ता र खारेजीको प्रक्रियामा उल्लेख्य सुधार आएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सहजताका लागि समयसीमा तोकेर कार्य सम्पादन गरिरहेको जनाएको छ ।
कार्यालयले कम्पनीको नाम दर्ता अनलाइन अनुरोध प्राप्त भएको १ कार्यदिन भित्र, नयाँ कम्पनी दर्ता तोकिएको ढाँचामा निवेदन प्राप्त भएको १ कार्यदिन भित्र, दर्ता पश्चातका कार्यहरू सामान्यतया १ देखि ३ कार्यदिन भित्र र कम्पनी खारेजी ५ कार्यदिन भित्र निर्णय हुने जनाएको छ ।
८. ३ महिने कार्यसूची
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको वैशाखदेखि असारसम्मको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ ।
कार्यतालिकाअनुसार सरकारको वार्षिक नीति तथा कार्यक्रम, बजेट प्रस्तुतिदेखि विभिन्न विभिन्न विधेयकहरू माथिको छलफल र पारित गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।
९. सेयर
साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २७.४९ अङ्कले बढेर २७४५.६५ विन्दुमा पुगेर बन्द भएको छ ।
१०. पहिरोको जोखिम
नेपालकै लाइफलाइन नारायणगढ–मुग्लिन सडकखण्डका ४३ स्थानमा पहिरोको उच्च जोखिम देखिएको छ । तर बजेटको सीमितताका कारण सबैभन्दा जोखिम मानिएको तुइन खोला क्षेत्रमा मात्रै पहिरो रोकथामको काम सुरू भएको छ । गत असोजदेखि निकै सास्ती दिइएको यस तुइन खोलामा आधुनिक प्रविधिमार्फत स्थायी समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले प्रक्रिया थालेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइन खोलाको पहिरो रोकथामका लागि शुक्रबार ठेक्का आह्वान गरिएको छ । यो ठेक्का प्रक्रियामा जानुपूर्व कार्यालयले विस्तृत अध्ययन र पूर्वतयारीका सम्पूर्ण काम सम्पन्न गरिसकेको र सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र अध्यादेशलाई समेत मध्यनजर गर्दै प्रक्रिया अघि बढाइएकाले अबको काम थप व्यवस्थित हुने इन्जिनियर घिमिरेले बताए ।
११. प्रहरीको शरणमा रामकृष्ण
गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत चरित्र हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
आफूविरुद्ध भ्रामक प्रचार र मानहानि भएको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएका हुन् । ढकालले बिहीबार उजुरी दिएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए ।
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान तनावले पश्चिम एसिया युद्धविराममा चुनौती
-
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकले थाल्यो अभियान
-
सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?
-
नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण