मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार बिहान करिब ४ः३० बजे कालाबन्जार–धरान सडक खण्डमा प्रदेश १–०१–०१८ प ७८९२ नम्बरको मोटरसाइकल सिमेन्टको कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनापछि मोटरसाइकल करिब ३४ फिट तल पैनीको नालामा खसेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–८ बरगाीका ३० वर्षीय मनिस बस्नेतको मृत्यु भएको सूचना अधिकारी खड्काले बताए । प्रहरीका अनुसार मृतक बस्नेतको दाहिने गालामा गहिरो चोट लागेको अवस्थामा पैनीमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो । स्थानीयले ठूलो आवाज सुनेपछि प्रहरीचौकी भरौलमा खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण