काठमाडौँ र झापाका विभिन्न स्थानमा लाखौँ बराबरको चोरी
सारांश
- काठमाडौँ र झापाका विभिन्न स्थानमा भएका चोरीका घटनामा परी ४३ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
- काठमाडौँको चन्द्रागिरी नगरपालिका र काठमाडौँ महानगरपालिकाका डेरा कोठाबाट नगद, सुनचाँदीका गरगहना र ल्यापटप चोरी भएको छ।
- झापाको मेचीनगर नगरपालिकामा भएको चोरीको घटनामा करिब ३४ लाख ७८ हजार रुपैयाँ बराबरको सुन, चाँदी र नगद चोरी भएको छ।
काठमाडौँ । काठमाडौँ र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै चोरीका घटनामा परी लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ।
शुक्रबार दिउँसोदेखि रातिसम्म भएका यी घटनामा नगद, सुनचाँदीका गरगहना र ल्यापटप गरी कुल ४३ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा डेरा गरी बस्ने तीन जनाको कोठाबाट ५ लाख ६४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। रामेछाप घर भएका ३३ वर्षीय गंगा बहादुर खड्का, बाँकेकी ३२ वर्षीया कल्पना थारू र धादिङकी ३० वर्षीया सरिता थापाको कोठाबाट शुक्रबार दिउँसो नगद तथा सुनका गरगहना चोरी भएको हो।
यस्तै, काठमाडौँ महानगरपालिका–४ मा डेरा गरी बस्ने रौतहट घर भएका ३२ वर्षीय मोहमद अब्बु कलामको कोठाबाट शुक्रबार बेलुकी ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। कलामको कोठाबाट ल्यापटप र सुनका गरगहना हराएको प्रहरीले उल्लेख गरेको छ।
सबैभन्दा ठूलो चोरीको घटना झापामा भएको छ। झापाको मेचीनगर नगरपालिका–१० पुरानो बजार बस्ने ६५ वर्षीय बैजनाथ साहको घरबाट शुक्रबार राति करिब ३४ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। साहको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद चोरी भएको जानकारी प्राप्त भएको छ।
प्रहरीले सबै घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य तीब्र पारेको छ भने यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण