गोदावरीका मेयर भट्ट सवार गाडी मध्यरातमा दुर्घटना
आइतबार, २७ वैशाख २०८३, ०९ : ३८
सारांश
- कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले मध्यरातमा चलाइरहेको सरकारी गाडी राजपुरमा दुर्घटनामा परेको छ।
- गाडी सडक किनारको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो र यसको अगाडिको भागमा सामान्य क्षति पुगेको छ।
- मेयर भट्टले मापसे गरेर गाडी चलाएको पाइएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएर गाउँ चौकीमा राखेको छ।
धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको स्कार्पियो गाडी शनिबार राति अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा दुर्घटनामा परेको छ।
मेयर आफैँले चलाइरहेको गाडी सडक किनारको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश नं। ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाइएकोले गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण