निर्वाचन प्रक्रियाबाट नेविसंघको नेतृत्व चयन गर्न माग
सारांश
- नेपाल विद्यार्थी संघ (नेविसंघ) इतर पक्षधर नेता तथा पूर्व केन्द्रीय सदस्यहरूको भेला काठमाडौंको शंकरदेव क्याम्पसमा सम्पन्न भएको छ।
- भेलामा सहभागीहरूले संगठनलाई वैधानिक, लोकतान्त्रिक र विधिसम्मत ढंगले अगाडि बढाउन अविलम्ब अधिवेशन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
- भेलाले पार्टी नेतृत्वसँग तत्काल निर्वाचन समिति गठन गरी तोकिएको समयभित्रै लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गर्न माग गरेको छ।
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) इतर पक्षधर नेता तथा पूर्व केन्द्रीय सदस्यहरूको भेला काठमाडौंको शंकरदेव क्याम्पसमा सम्पन्न भएको छ।
संगठनको वर्तमान अवस्था, आगामी अधिवेशनको तयारी र आन्तरिक लोकतन्त्रका विषयमा छलफल गर्न आयोजित उक्त भेलामा नेविसंघका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको नेता सुरज सेजुवालले जानकारी दिए ।
भेलामा सहभागीहरूले संगठनलाई वैधानिक, लोकतान्त्रिक र विधिसम्मत ढंगले अगाडि बढाउन अविलम्ब अधिवेशन हुनुपर्ने धारणा व्यक्त गरेका छन्। विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन संगठनभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए।
भेलाले पार्टी नेतृत्वसँग तत्काल निर्वाचन समिति गठन गरी तोकिएको समयभित्रै लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गर्न माग गरेको छ।
संगठनभित्र मौलाउँदै गएको मनोनयनको संस्कृतिको विरोध गर्दै सहभागीहरूले निर्वाचन प्रक्रियामार्फत नै नयाँ नेतृत्व चयन गरिनुपर्ने निष्कर्ष निकालेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण