देवघाटधामको पहिचान र संस्कृति स्थानीय पाठ्यक्रममा समेटियो
तनहुँ । देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ । पालिकाको पहिचान, संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले आधारभूत तह (कक्षा १–५ र ६–८) का लागि ‘हाम्रो देवघाट’ नामक पाठ्यक्रम चालु शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको जनाएको छ ।
उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका ३५ वटै सामुदायिक विद्यालयमा अध्यापन गराइनेछ । पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व, स्थानीय पर्यटकीय स्थल, जनजीवन, वनस्पति तथा यहाँका जातजातिका संस्कारलाई प्राथमिकताका साथ समेटिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता एवम् वडा ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले शिक्षालाई जीवनोपयोगी बनाउन र देवघाटको समग्र चिनारीलाई शैक्षिक माध्यमबाट प्रवद्र्धन गर्न पाठ्यक्रमले महत्व राख्ने बताए। उनले भने, “स्थानीय आवश्यकता र विशेषतालाई समेटेर पाठ्यक्रम तयार गरिएको छ । जसले विद्यार्थीलाई अपनत्व बनाउन प्रेरित गर्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण