संघीय संसद्को विजनेश : बजेटसँगै ८ अध्यादेश प्रतिस्थापन
सारांश
- संघीय संसद्को बर्खे अधिवेशन सोमबारदेखि सुरु भएको छ, जसमा बजेटसम्बन्धी मुख्य काम हुनेछ ।
- यस अधिवेशनमा सरकारले ल्याएका ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गरिनेछ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम पनि अधिवेशनको कार्यसूचीमा समावेश छ ।
काठमाडौं । संघीय संसद्को बर्खे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । बर्खे अधिवेशनमा सरकारको आर्थिक वर्षको बजेटसम्बन्धी मुख्य काम हुन्छ ।
त्यो बाहेक अहिले वालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएका ८ अध्यादेश प्रतिस्थापन अधिवेशनको विजनेश हुने भएका छन् । ती अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक अधिवेशन सुरु हुने दिन आजै पेस हुने कार्यतालिका संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यतालिका अनुसार प्रधानमन्त्री शाहले आ ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नेछन् ।
यी आज दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनमा विजनेश रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।
अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रम पनि अधिवेशनको विजनेश हो ।
संघीय संसद् सचिवालयले यी बाहेक अरु विधेयक तयारी अवस्थामा रहेको सरकारले बताए पनि दर्ता भइनसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण