क्रुज जहाजबाट फर्किएका फ्रान्सेली नागरिकमा देखियो हन्टाभाइरसका लक्षण
सारांश
- फ्रान्सका प्रधानमन्त्रीले हन्टाभाइरसको प्रकोप देखिएको क्रुज जहाजबाट फर्काइँदै गरेका एक फ्रान्सेली यात्रुमा सङ्क्रमणको लक्षण देखिएको बताएका छन् ।
- ती यात्रुमा लक्षण देखिएपछि जहाजबाट उद्धार गरिएका पाँचै जना फ्रान्सेली नागरिकलाई कडा आइसोलेसनमा राखिएको छ ।
- स्पेन, बेलायत, नेदरल्यान्ड्स, अमेरिका, टर्की र आयरल्यान्डका नागरिकलाई पनि फर्काउने र स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
पेरिस । हन्टाभाइरसको प्रकोप देखिएको क्रुज जहाजबाट फर्काइँदै गरेका एक फ्रान्सेली यात्रुमा सङ्क्रमणको लक्षण देखिएको फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुुले बताएका छन् ।
प्रधानमन्त्रीका अनुसार टेनेरिफबाट पेरिसतर्फ ल्याइँदै गरिएको चार्टर्ड उडानमा ती यात्रुमा लक्षण देखिएपछि एमभी होन्डिउस जहाजबाट उद्धार गरिएका पाँचै जना फ्रान्सेली नागरिकलाई अर्काे सूचना नभएसम्म कडा आइसोलेसनमा राखिएको छ । जहाज आइतबार बिहान क्यानरी टापुनजिक रोकिएको थियो ।
त्यसपछि ९० भन्दा बढी पर्यटकलाई विभिन्न देशमा फर्काइएको हो । यस जहाजमा यात्रा गरेका तीन यात्रुको मृत्यु भइसकेको छ, जसमध्ये दुई जनामा हन्टाभाइरस पुष्टि भएको थियो ।
फ्रान्सेली उडान पेरिसको ले बोर्जेट विमानस्थल विमानस्थलमा अवतरण गरेपछि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वास्थ्य अधिकारीहरूले यात्रुहरूलाई स्वागत गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत उनीहरूलाई अस्पताल लगिएको थियो । फ्रान्सको विदेश मन्त्रालयका अनुसार उनीहरूलाई ७२ घण्टा क्वारेन्टिनमा राखेर विस्तृत स्वास्थ्य परीक्षण गरिनेछ । त्यसपछि ४५ दिनसम्म घरमै सेल्फ–आइसोलेसनमा बस्नुपर्नेछ ।
स्पेन फर्काइएका १४ जना स्पेनी नागरिकलाई म्याड्रिडस्थित सैनिक अस्पतालमा अनिवार्य क्वारेन्टिनमा राखिएको छ । बेलायतका नागरिकहरूलाई म्यानचेस्टर ल्याइएको छ । हालसम्म कुनै पनि बेलायती यात्रुमा लक्षण नदेखिए पनि बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले उनीहरूको निगरानी गरिरहेको जनाएको छ । नेदरल्यान्ड्समा २६ यात्रु तथा चालक दलका सदस्य पुगेका छन्, जसमा आठ डच नागरिक छन् ।
अमेरिकातर्फ गएको उद्धार उडानमा १८ जना थिए । अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार एक यात्रुमा हल्का लक्षण देखिएको छ भने अर्का एकजनामा हन्टाभाइरसको एंडीज स्ट्रेन पोजिटिभ देखिएको छ । सावधानीका रूपमा उनीहरूलाई “बायोकन्टेनमेन्ट युनिट” मा राखेर यात्रा गराइएको थियो । टर्की र आयरल्यान्डका नागरिकलाई पनि फर्काउने उडान तय गरिएको छ । बाँकी दुई उद्धार उडान सोमबार प्रस्थान गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण