इजरायलले अमेरिकी सैन्य सहायतामाथिकै निर्भरता घटाउनुपर्छ : नेतान्याहु
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाबाट प्राप्त हुने वार्षिक ३ अर्ब ८० करोड डलरको सैन्य सहयोगमा निर्भरता क्रमशः अन्त्य गरी आत्मनिर्भर बन्नुपर्ने बताएका छन् ।
- उनले सामाजिक सञ्जालको विस्तार र चीनको अप्रत्यक्ष भूमिकाले इजरायलप्रतिको अमेरिकी समर्थनमा कमी आएको आरोप लगाएका छन् ।
- नेतन्याहुले इरानको आणविक कार्यक्रम र क्षेप्यास्त्र क्षमतामा अझै काम बाँकी रहेको र अमेरिकी राष्ट्रपति ट्रम्पसँग समृद्ध युरेनियम भण्डार हटाउने विषयमा सहमति भएको उल्लेख गरेका छन् ।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले अमेरिकाबाट प्राप्त हुँदै आएको वार्षिक ३ अर्ब ८० करोड डलर बराबरको सैन्य सहयोगमा निर्भरता क्रमशः अन्त्य गर्नुपर्ने बताएका छन् ।
सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भने, “हामीले वर्षेनि ३ अर्ब ८० करोड डलर पाउँछौं, तर अब बाँकी रहेको सैन्य सहयोगबाट बिस्तारै आत्मनिर्भर बन्ने समय आएको छ । मैले भनेको छु, अहिलेबाटै सुरु गरौं र आगामी एक दशकमा यसलाई शून्यमा पुर्याऔं ।”
नेतन्याहुले अमेरिकामा इजरायलप्रतिको समर्थन घट्दै गएको पनि बताएका छन् । उनका अनुसार यसको सीधा सम्बन्ध सामाजिक सञ्जालको तीव्र विस्तारसँग छ । उनले भने, “सामाजिक सञ्जाललाई केही देशहरूले निकै चलाख ढंगले प्रभावित गरेका छन्, र त्यसले हामीलाई धेरै क्षति पुर्याएको छ ।”
चीनले पनि अप्रत्यक्ष रूपमा द्वन्द्वमा भूमिका खेलेको आरोप नेतन्याहुले लगाए । चीनले क्षेप्यास्त्र निर्माणसँग सम्बन्धित केही सामग्री उपलब्ध गराएको दाबी उनले गरेपनि थप विवरण खुलाएनन् ।
यसअघि सीएनएनले अमेरिकी गुप्तचर निकायको मूल्यांकन उद्धृत गर्दै चीनले इरानलाई नयाँ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने तयारी गरिरहेको जनाएको थियो । चीनले भने इरानलाई सैन्य पुनःसज्जित गर्न सहयोग गरेको आरोप अस्वीकार गर्दै आएको छ ।
नेतन्याहुले इरानको आणविक कार्यक्रम र क्षेप्यास्त्र क्षमताबारे अझै “काम बाँकी” रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इरानको उच्च स्तरमा समृद्ध युरेनियम भण्डार हटाउनुपर्ने विषयमा सहमति भएको पनि उनले उल्लेख गरे ।
अमेरिका–इरान सम्भावित युद्धविरामबारे बोल्दै नेतन्याहुले त्यसलाई दक्षिण लेबनानमा रहेको इजरायल–हेजबुल्लाह युद्धविरामसँग जोड्न नहुने बताए । इरानले आफूसँग युद्धविराम भयो भने लेबनानमा पनि युद्धविराम हुनुपर्छ भन्ने तर आफूहरुले यी दुईलाई अलग अलग विषयको रूपमा हेर्ने पनि उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण