शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै लिन सकिने

सोमबार, २८ वैशाख २०८३, १३ : २८
सोमबार, २८ वैशाख २०८३

सारांश

  • नेपाल टेलिकमले नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै लिन सकिने सुविधा सुरु गरेको छ ।
  • नयाँ ई-सिम लिन चाहने सेवाग्राहीले टेलिकमको पोर्टल esim.ntc.net.np मा गई आवश्यक विवरण भरी भुक्तानी गरेपछि ई-सिमको क्यूआर कोड प्राप्त गर्नेछन् ।
  • यस पोर्टलबाट नयाँ ई-सिम लिनुका साथै भौतिक सिमलाई ई-सिममा परिवर्तन गर्न र अनलाइन केवाइसी विवरण भर्न पनि सकिनेछ ।

काठमाडौँ । नेपाल टेलिकमले नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने सुविधा सुरु गरेको छ । योसँगै अब नयाँ ई-सिम लिनका लागि ग्राहकहरू स्वयं दूरसञ्चार कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटेको छ ।

नयाँ ई-सिम लिन चाहने सेवाग्राहीले टेलिकमको पोर्टल esim.ntc.net.np मा गएर 'Get New Prepaid eSIM' मा क्लिक गरी आवश्यक विवरण भर्नुपर्नेछ । विवरण दर्ता गरेपछि विभिन्न डिजिटल वालेट वा क्यूआर कोडमार्फत भुक्तानी गरेपछि ई-सिमको क्यूआर कोड प्राप्त हुनेछ । 

उक्त क्यूआर कोडलाई आफ्नो मोबाइलको सेटिङमा गएर स्क्यान गरेपछि सिम सक्रिय हुने टेलिकमले जनाएको छ ।
यस पोर्टलबाट नयाँ ई-सिम मात्र नभई पहिलेदेखि प्रयोगमा रहेको भौतिक (फिजिकल) सिमलाई ई-सिममा परिवर्तन गर्ने र नयाँ सिमका लागि आवश्यक अनलाइन केवाइसी विवरण भर्ने सुविधा समेत उपलब्ध रहेको टेलिकमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप