अमेरिकामाथि नेपाल 'ए' ७ रनले विजयी
काठमाडौँ । मूलपानी क्रिकेट मैदानमा आज भएको एकदिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई ७ रनले पराजित गरेको छ ।
नेपालले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २५७ रन मात्र जोड्न सक्यो ।
नेपालको जितमा मध्यक्रमका ब्याटर सन्दीप जोराको शतक प्रमुख रह्यो । जोराले ११३ बलमा १११ रनको सानदार इनिङ खेलेपछि नेपालले अमेरिकालाई २६५ रनको चुनौतीपूर्ण लक्ष्य दिन सकेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ को सुरुवात खासै राम्रो हुन सकेन । तर चौथो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले रन बनाउँदै नेपालको इनिङ्स सम्हालेका थिए । उनी ११३ बलमा १११ रन बनाएर आउट भएका थिए ।
जोराबाहेक नेपालका अन्य ब्याटरले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । बसिर अहमदले ३८ रन बनाए भने पवन सर्राफ २० रनमा आउट भए । नेपाल एक बल बाँकी छँदै २६४ रनमा अलआउट भएको थियो ।
बलिङतर्फ नेपालका लागि बसिर अहमद र शेर मल्लले समान ३–३ विकेट लिए । यस्तै, शबाब आलम र पवन सर्राफले पनि एक–एक विकेट हात पारे ।
नेपालले स्कटल्यान्ड र अमेरिकालाई समान दुई–दुई पटक पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण