मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

सुधन गुरुङले भने– आफूमाथि लागेको आरोपको छिटो छानबिन गरिदिनुस्

सोमबार, २८ वैशाख २०८३, १९ : ५४
सोमबार, २८ वैशाख २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेको आरोपको छिटो छानबिन गरिदिन आग्रह गरेका छन्।  

सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले आफूमाथि लागेको आरोपको छानबिनको पर्खाइमा रहेको बताए । उनले छिटो छानबिन गर्न आग्रह गरे। आफूमाथि लागेका आरोप पुष्टि भए कारबाही भोग्न आफू तयार रहेको उनको भनाइ छ ।

तर आफू निर्दोष पुष्टि भए आरोप लगाउनेमाथि कारबाही हुनुपर्ने उनले बताए । विवादास्पद व्यवसायी दीपक भट्टसँगको सेयर कनेक्सनले गुरुङ विवादमा मुछिएका थिए।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप