परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थाले समयमै नतिजा : शिक्षामन्त्री
सारांश
- शिक्षामन्त्री सस्मित पोखरेलले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थाले एसईईको नतिजा समयमै प्रकाशन गर्न सम्भव भएको बताएका छन्।
- उनले राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताका कारण परीक्षाफल करिब एक महिनामै सार्वजनिक गर्न सकिएको बताएका हुन्।
- मन्त्री पोखरेलले यो गति र सुधारलाई +२, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्दै परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने दिशामा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।
काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्थालगायतका सुधारात्मक प्रयासका कारण समयमै एसईईको नतिजा प्रकाशन गर्न सम्भव भएको बताएका छन्। सोमबार राति एसईईको परीक्षाफल प्रकाशित भए लगत्तै सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले समयमै सेवा प्रवाह गर्न सक्ने राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताका कारण परीक्षाफल करिब एक महिनामै सार्वजनिक गर्न सकिएको बताएका हुन् ।
शिक्षामन्त्री पोखरेलले भनेका छन्, ‘एसईई २०८२ को परीक्षाफल परीक्षा सम्पन्न भएको करिब एक महिनामै सार्वजनिक हुनु नेपालको शिक्षा प्रशासनका लागि केवल एउटा नियमित प्रक्रिया मात्र होइन, समयमै सेवा प्रवाह गर्न सक्ने राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्त्वपूर्ण उदाहरण पनि हो।’
उनले नतिजा प्रकाशनका लागि दिनरात खटिने सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
उनले सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना समेत व्यक्त गरेका छन् । मन्त्री पोखरेलले यही गति र सुधारलाई +२, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्दै परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने दिशामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रतिबद्ध रहेको समेत बताएका छन् ।
साथै, यस पटक अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीहरूलाई निराश नहुन समेत मन्त्री पोखरेलले आग्रह गरेका छन् । उनले भनेका छन्– ‘एउटा परीक्षाले मात्र जीवनको सम्पूर्ण भविष्य निर्धारण गर्दैन। धैर्यता, आत्मविश्वास र पुनः प्रयास गर्ने साहस नै सफलताको वास्तविक आधार हो। नयाँ उत्साहका साथ पुनः अघि बढ्नुस् , सफलता अवश्य प्राप्त हुनेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण