सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या
म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । धवलागिरि-४ मुदीमा रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा विद्युत् आपूर्ति नहुँदा मुना, मुदी र लुलाङमा सञ्चार सेवा प्रभावित भएको हो ।
मुनाका बासिन्दा नमिता पुनले यही वैशाख २२ गतेदेखि टावरमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा स्थानीयलाई सूचना आदानप्रदान गर्न असहज हुनुका साथै गाउँपालिकाको सेवामा पनि असर परेको गुनासो गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले टेलिकमको टावरमा देखिएको समस्याका कारण इन्टरनेट राम्रोसँग नचलेर योजना तथा आपूर्तिकर्ता र सेवाप्रदायकलाई भुक्तानी गर्न, सूचना आदानप्रदान गर्न समस्या भएको बताए ।
वैशाख २२ गते परेको चट्याङका कारण मुदीको डाँडामा रहेको टेलिकमको टावरमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो । टावरको वैकल्पिक विद्युत् आपूर्ति गर्ने ‘ब्याकअप’मा पनि चट्याङ्ले क्षति पुर्याएको धवलागिरिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।
अध्यक्ष पुनले समस्या भएकै दिनदेखि समाधानका लागि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिरहेको बताए । प्राविधिक टोलीले समस्या पहिचान गर्न ढिलाइ गरेको भन्दै उहाँले थप पहलका लागि सरोकार भएका निकायलाई ताकेता गरिरहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण