४४० किलोग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा
मङ्गलबार, २९ वैशाख २०८३, १३ : ५१
सारांश
- सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट प्रहरीले ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
- इलाका प्रहरी कार्यालय धरानको टोलीले को. १ च ७३५९ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरिएको गाँजा बरामद गरेको हो ।
- प्रहरीले गाँजासहित एम्बुलेन्स बरामद गरेपछि चालक र संलग्न व्यक्तिको खोजी कार्य जारी राखेको छ ।
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।
वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३ स्थितमा चेकजाँचको क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो ।
एम्बुलेन्समा गाँजा बरामद भएसगै चालक तथा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ । उक्त एम्बुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा संचालित रहेको खुल्न आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण