एउटै प्लेटफर्मबाट १८० भन्दा बढी देशको भिसा आवेदन दिन सकिने
सारांश
- नेपालमा पहिलो पटक पूर्ण रूपमा अनलाइनमार्फत १८० भन्दा बढी देशहरूको भिसा आवेदन दिन सकिने 'ग्लोबल भिसा सेवा डटकम' सञ्चालनमा आएको छ।
- भेन्चर्स होलिडेज प्रा.लि. द्वारा प्रवर्द्धित यस प्लेटफर्मले नेपाली यात्रुहरूका लागि भिसा प्रक्रियालाई सहज, सुरक्षित र डिजिटल बनाउने लक्ष्य लिएको छ।
- अब नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने, ईसेवा, कनेक्ट आईपीएस तथा डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानीको व्यवस्थाले डलर कार्डको बाध्यता हटाउनेछ।
काठमाडौँ । नेपालमा पहिलो पटक पूर्ण रूपमा अनलाइनमार्फत भिसा सेवा उपलब्ध गराउने उद्देश्यका साथ ‘ग्लोबल भिसा सेवा डटकम’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
काठमाडौँको ठमेलस्थित होटल लो मुस्ताङमा आयोजित एक विशेष समारोहबिच उक्त डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको हो। यात्रा म्यागजिनले युवा पर्यटन उद्यमीहरूका लागि आयोजना गरेको “विङ्स अन्डर फोर्टी” कार्यक्रमअन्तर्गत मे ८ मा यसको उद्घाटन गरिएको हो।
भेन्चर्स होलिडेज प्रा.लि. द्वारा प्रवर्द्धित यस प्लेटफर्मले नेपाली यात्रुहरूले भोग्दै आएका जटिल र समय लाग्ने भिसा प्रक्रियालाई सहज, सुरक्षित र डिजिटल बनाउने लक्ष्य लिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार अब नेपाली यात्रुहरूले एउटै लगइन प्रयोग गरेर विश्वका १८० भन्दा बढी देशहरूको भिसासम्बन्धी जानकारी प्राप्त गर्न र आवेदन दिन सक्नेछन्। यस प्लेटफर्मले आवेदन प्रक्रियाको प्रत्येक चरणको रियल–टाइम अपडेट समेत उपलब्ध गराउनेछ।
यस प्लेटफर्मको मुख्य विशेषता प्रयोगकर्ताले नेपाली रुपैयाँमै सहज रूपमा भुक्तानी गर्न सक्ने व्यवस्था हुनु हो। ईसेवा, कनेक्ट आईपीएस तथा स्वदेशी र अन्तर्राष्ट्रिय डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सकिने भएकाले धेरै देशको भिसा आवेदनका लागि डलर कार्ड अनिवार्य हुने बाध्यता हट्ने कम्पनीको दाबी छ। यस प्रणालीले परम्परागत प्रक्रियामा देखिने झन्झट, लामो लाइन र अपूर्ण जानकारी जस्ता समस्यालाई समाधान गर्दै डकुमेन्ट भेरिफिकेसन, प्रि–चेकिङ, अपोइन्टमेन्ट बुकिङ र विशेषज्ञ परामर्श सेवा समेत एकै ठाउँबाट उपलब्ध गराउनेछ।
अनुभवी भिसा विशेषज्ञहरूको टोलीले आवेदन प्रक्रिया र डकुमेन्ट तयारीमा सहयोग गर्ने भएकाले आवेदन अस्वीकृत हुने सम्भावना कम हुने विश्वास गरिएको छ। यो सेवाबाट व्यक्तिगत यात्रु मात्र नभई नेपाली ट्राभल एजेन्सीहरू समेत लाभान्वित हुनेछन्। एजेन्सीहरूले छुट्टै भिसा डेस्क सञ्चालन गर्नुपर्ने बाध्यता अन्त्य हुनुका साथै सेवाको गुणस्तरमा समेत सुधार आउने कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण