बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बादलको अभिव्यक्तिमा दुई सांसदको नियमापत्ति

मङ्गलबार, २९ वैशाख २०८३, १५ : ४५
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • नेकपा एमालेका सांसद रामबहादुर थापा बादलले संसदमा सेनाबारे दिएको गैरजिम्मेवार अभिव्यक्तिको दुई सांसदले नियमापत्ति गरेका छन् ।
  • रास्वपा सांसद मनिष खनाल र राप्रपा सांसद खुश्बु ओलीले बादलको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
  • सांसद खनालले जनताबाट अनुमोदित रास्वपाबारे पनि बादलले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए ।

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा राखेको धारणामा दुई सांसदले नियमापत्ति गरेका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बादलले सेनाबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै रास्वपा सांसद मनिष खनाल र राप्रसा सांसद खुश्बु ओलीले नियमापत्ति गरेका हुन् । 

उनीहरूले सेनाबारे बादलले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरे । यस्तै सांसद खनालले जनताबाट अनुमोदिन रास्वपाबारे पनि बादलले गैरजिम्मेवार अभिव्यक्ति दिएकाले रेकर्डबाट हटाउन माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप